nmb bank

गृहपृष्ठ दुर्घटनामा एकजनाको मृत्यु

दुर्घटनामा एकजनाको मृत्यु

दुर्घटनामा एकजनाको मृत्यु

चितवनमा सवारीसाधनको ठक्करबाट एकजनाको मृत्यु भएको छ । पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-४ धारापानीमा आज भएको दुर्घटनामा एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकरीले जानकारी दिए ।

उनको सनाखत हुन सकेको छैन । ठक्कर दिने सवारीसाधनको नम्बर र किसिम खुल्न सकेको छैन । ती पुरुष सडकमा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख इन्स्पेक्टर सुनजित तामाङ र जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर नवराज अधिकारी अनुसन्धानका लागि घटनास्थलमा पुगेका छन् ।

प्रकाशित समय : १६:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु