गृहपृष्ठ गत २४ घण्टामा २१ संक्रमित थपिए
गत २४ घण्टामा २१ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर २१ जना कोभिड-१९ संक्रमित थपिएका छन् । पीसीआर र एन्टिजेन गरी तीन हजार ६२८ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
यो अवधिमा १३ जना संक्रमणमुक्त भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १२९ रहेको छ ।
पछिल्लो २४ घण्टामा ६३ हजार ३८५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएकाे मन्त्रालयकाे तथ्यांकमा उल्लेख छ ।
प्रकाशित समय : २३:११ बजे