गृहपृष्ठ ओलीले संसद्‌मा गरेको भाषण सत्ताबाट बाहिरिँदाको कुण्ठा : मीन विश्वकर्मा

ओलीले संसद्‌मा गरेको भाषण सत्ताबाट बाहिरिँदाको कुण्ठा : मीन विश्वकर्मा

ओलीले संसद्‌मा गरेको भाषण सत्ताबाट बाहिरिँदाको कुण्ठा : मीन विश्वकर्मा

नेपाली कांग्रेसका सांसद् मीनबहादुर विश्वकर्माले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले संसद्‌मा गरेको भाषण सत्ताबाट बाहिरिँदाको कुण्ठा भएको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभामा नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीको सम्बोधनपछि सञ्चारकर्मीहरुसँग बोल्दै सांसद् विश्वकर्माले यस्तो बताएका हुन् । उनले सरकारको नीति तथा कार्यक्रमका विषयमा भन्दा पनि अदालतको आदेशका विषयमा आफ्ना कार्यकर्तासँग बसेर गफ दिएजस्तो भएको टिप्पण गरे ।

ओलीले हुँदै नभएका कुरालाई उखान टुक्कासँग जोडेर गफ र कुण्ठा पोखेको उनले बताए । ‘आफ्ना कार्यकर्तासँग बसेर गफ गरेजस्तो गरेर सत्ताबाट बाहिरिँदाका कुण्ठा र पूर्वाग्रह पोख्ने काम भयो । कहाँको नीति तथा कार्यक्रम छ, कहाँ अदालतको आदेश छ । हुँदै नभएको कुरालाई उखान टुक्कासँग जोडेर गफ र कुण्ठााका अभिव्यक्त गर्ने कुरालाई लिएर हामीले आधार बनाउन मिल्दैन,’ उनले भने ।

सांसद् विश्वकर्माले ओलीको भाषण सरकारले प्रमुख प्रतिपक्ष दलले सरकारको नीति तथा कार्यक्रमप्रतिको टिप्पणीका रुपमा लिने बताए ।

प्रकाशित समय : २३:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु