गृहपृष्ठ हंगेरी पठाई दिन्छु भनेर ठगी गर्ने व्यक्ति पक्राउ
हंगेरी पठाई दिन्छु भनेर ठगी गर्ने व्यक्ति पक्राउ
विदेश पठाई दिन्छु भनेर ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-८ बस्ने चितवन भरतपुर महानगरपालिका-९ वसन्त चोक घर भएका २७ वर्षीय सुजनराज पाण्डेलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पाण्डेले टिपिकल क्लोथिङ एण्ड क्राफ्ट स्टोर नामक व्यवसायिक कम्पनी दर्ता गर्न लगाई यूरोपको जुनसुकै देशमा गएर व्यापार व्यवसाय गर्न मिल्ने भिसा लगाई दिन्छु भनी हंगरीको लागि नक्कली भिसासमेत निकाली पीडितबाट २५ लाख रूपैयाँ ठगी गरेको भन्ने सूचना प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बानेश्वरबाट पक्राउ गरेको हो ।
उनीलाई ठगी कसूरअन्तर्गत थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
प्रकाशित समय : १८:१६ बजे



















