global ime bank Long Banner Ad

गृहपृष्ठ गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले निर्माण गर्ने 

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले निर्माण गर्ने 

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले निर्माण गर्ने 

सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको बाँकी काम पूरा गर्न गर्ने भएको छ । 

कलाकारहरू सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ आबद्ध ‘धुर्मुस–सुन्तली फाउन्डेसन’ले आर्थिक अभाव भन्दै निर्माण अलपत्र पारेको रंगशालाको निर्माण कार्य टुंगोमा पुर्‍याउने नीति लिएको हो । 

रंगशाला निर्माण सम्पन्न गर्न चितवनको भरतपुर महानगरपालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको बेला संघीघीय सरकारले निर्माणको बाँकी काम पूरा गर्ने नीति लिएको हो । 

सरकारले प्रत्येक प्रदेशमा प्रशिक्षण सुविधासहितको अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्दै जाने नीति पनि लिएको छ । 

गैंडाकोटमा विपी कोइराला अन्तर्राष्ट्रिय खेल ग्राम निर्माण गरिने पनि भएको छ । सबै स्थानीय तहमा खेल ग्राम निर्माण गरिँदै लाने पनि सरकारले नीति लिएको राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा बताएकी छन् । 

प्रकाशित समय : ००:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु