गृहपृष्ठ भारतीय दूतावासको सहयोगमा निर्मित विद्यालय भवनको उद्घाटन
भारतीय दूतावासको सहयोगमा निर्मित विद्यालय भवनको उद्घाटन
कास्कीको पोखरा महानगरपालिका-१३, ढाँडबेसीमा अवस्थित आर्वा विजय माध्यमिक विद्यालयका लागि भारत सरकारको अनुदान सहयोगमा निर्मित विद्यालय भवनको उद्घाटन गरिएको छ । भारतीय दूतावासका कार्यवाहक राजदूत नामग्य सी खम्पाले मंगलबार विद्यालय भवनको उद्घाटन गरेकी हुन् ।
‘भारत-नेपाल विकास सहकार्य’ कार्यक्रमअन्तर्गत एवं उच्च प्रभाव सामुदायिक विकास परियोजनाअनुरुप भारत सरकारको ३ करोड ६३ लाख रुपैयाँ अनुदान सहयोगमा सो भवनको निर्माण भएको हो । यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘India@75 आजादीका अमृत महोत्सव’अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनामध्ये एक हो ।
सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइसकेकामा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् । तीमध्ये कास्कीका ११ गरी गण्डकी प्रदेशमा ५७ वटा रहेको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।
प्रकाशित समय : ००:०५ बजे



















