global ime bank Long Banner Ad

गृहपृष्ठ एनआइसी एशिया बैंकको नायब सीईओमा सन्तोष कुमार राठी नियुक्त

एनआइसी एशिया बैंकको नायब सीईओमा सन्तोष कुमार राठी नियुक्त

एनआइसी एशिया बैंकको नायब सीईओमा सन्तोष कुमार राठी नियुक्त

एनआइसी एशिया बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्तोष कुमार राठी नियुक्त भएका छन् । गत आइतबार बसेको सञ्चालक समितिको ५४५औं बैंठकले राठीलाई बैंकको नायब सीईओमा नियुक्त गरेको हो ।

बैंकको सहायक सीईओको रुपमा कार्यरत उनलाई नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन २०७८ को इ.प्रा.निर्देशन नं. ६/०७८ को बुँदा नं. ७ (१) (छ) मा भएको व्यवस्थाबमोजिम बैंकको सञ्चालक समितिले आगामी साउन १ देखि लागू हुनेगरी नायब सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

२०६४ मंसिर १९ देखि तत्कालीन बैैंक अफ एशिया नेपाल लिमिटेडको विराटनगर शाखाको शाखा प्रबन्धकको जिम्मेवारीबाट एनआइसी एशिया बैंकको सेवामा जोडिएका राठी बैंकको विराटनगरस्थित प्रादेशिक कार्यालयको प्रमुख, विभिन्न इकोसिष्टमहरुको प्रमुख र बैंकको सहायक सीईओ हुँदै नायब सीईओमा नियुक्त भएका हुन् । समग्र बैंक व्यवस्थापन, जोखिम व्यवस्थापन, मानव संशाधन व्यवस्थापन, व्यवसाय विस्तार तथा विविधिकरणलगायत विभिन्न रणनीतिक क्षेत्रमा उनले विशेष दक्षता हासिल गरेको बैंकले जनाएको छ । बैंकका अनुसार अनुकरणीय लगन, परिश्रम, दृढता, संकल्प र दक्षता निरन्तर प्रदर्शन गर्दै बैंकको रुपान्तरणमा पुर्‍याएको अतुलनीय योगदानको कदर एवं उच्च मूल्यांकन गर्दै बैंकले उनलाई नायब सीईओकोे पदमा नियुक्त गरेको हो ।

नेपालको बैंकिङ क्षेत्रमा करिब २० वर्षको विभिन्न कार्यअनुभव संगालेका राठीले वाणिज्यशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् । उनको यस नियुक्तिले बैंकले आगामी दिनमा अझ उन्नत उचाई हासिल गर्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित समय : २३:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु