काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

हवाई भाडा बढ्यो

12.71K
shares

नेपाल आयल निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै हवाई भाडा बढेको छ । नेपाल वायु सेवा सञ्चालक संघले बुधबारदेखि लागू हुने गरी नयाँ भाडादर सार्वजनिक गरेको छ । नयाँ भाडादरमा ९० देखि ४४५ रूपैयाँसम्म वृद्धि भएको छ ।

सबैभन्दा लामो दूरीका रुपमा रहेको काठमाडौँ-धनगढीको भाडा रु ४४५ बढेको छ । वृद्धि भएको भाडादर अनुसार काठमाडौँ-सिमराको भाडा तीन हजार ७२५ रूपैयाँ कायम भएको छ भने काठमाडौँ-धनगढी १५ हजार ६६५ रूपैयाँ कायम भएको छ । काठमाडौँ-भद्रपुर ११ हजार ९३५, काठमाडौँ-विराटनगर नौ हजार ३२५, काठमाडौँ-जनकपुर पाँच हजार २५०, काठमाडौँ-भरतपुर चार हजार ४३५ र काठमाडौँ-पोखरा छ हजार ३०५ कायम भएको छ । काठमाडौँ-भैरहवा सात हजार ८८०, काठमाडौँ-नेपालगञ्ज १२ हजार ८९५ र काठमाडौँ-तुम्लिङटार सात हजार ४६० रूपैयाँ कायम भएको छ ।

माउन्टेन फ्लाइटको भाडादर १३ हजार ७६५ रूपैयाँ कायम भएको संघले जनाएको छ । नेपाल आयल निगमले आइतबार हवाई इन्धनको मूल्यमा प्रतिलिटर १० रूपैयाँ वृद्धि गरेको थियो । अहिले हवाई इन्धन (आन्तरिक)को मूल्य प्रतिलिटर १६६ रूपैयाँ छ ।