गृहपृष्ठ हवाई भाडा बढ्यो
हवाई भाडा बढ्यो
नेपाल आयल निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै हवाई भाडा बढेको छ । नेपाल वायु सेवा सञ्चालक संघले बुधबारदेखि लागू हुने गरी नयाँ भाडादर सार्वजनिक गरेको छ । नयाँ भाडादरमा ९० देखि ४४५ रूपैयाँसम्म वृद्धि भएको छ ।
सबैभन्दा लामो दूरीका रुपमा रहेको काठमाडौँ-धनगढीको भाडा रु ४४५ बढेको छ । वृद्धि भएको भाडादर अनुसार काठमाडौँ-सिमराको भाडा तीन हजार ७२५ रूपैयाँ कायम भएको छ भने काठमाडौँ-धनगढी १५ हजार ६६५ रूपैयाँ कायम भएको छ । काठमाडौँ-भद्रपुर ११ हजार ९३५, काठमाडौँ-विराटनगर नौ हजार ३२५, काठमाडौँ-जनकपुर पाँच हजार २५०, काठमाडौँ-भरतपुर चार हजार ४३५ र काठमाडौँ-पोखरा छ हजार ३०५ कायम भएको छ । काठमाडौँ-भैरहवा सात हजार ८८०, काठमाडौँ-नेपालगञ्ज १२ हजार ८९५ र काठमाडौँ-तुम्लिङटार सात हजार ४६० रूपैयाँ कायम भएको छ ।
माउन्टेन फ्लाइटको भाडादर १३ हजार ७६५ रूपैयाँ कायम भएको संघले जनाएको छ । नेपाल आयल निगमले आइतबार हवाई इन्धनको मूल्यमा प्रतिलिटर १० रूपैयाँ वृद्धि गरेको थियो । अहिले हवाई इन्धन (आन्तरिक)को मूल्य प्रतिलिटर १६६ रूपैयाँ छ ।
प्रकाशित समय : ०४:३६ बजे



















