nmb bank

गृहपृष्ठ दाेहाेराे अंकले घट्याे सेयर काराेबार

दाेहाेराे अंकले घट्याे सेयर काराेबार

दाेहाेराे अंकले घट्याे सेयर काराेबार

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अंकले ओरालो लागेको छ । नेप्से ओरालो लाग्दा दुई हजार २०० को बिन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३४.२१ अंकले ओरालो लागेर दुई हजार २०० मा ओर्लेको छ ।

ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक ५.६९ अंकले ओरालो लागेर ४२९.०५ अंकमा ओर्लेको छ । नेप्से ओरालो लागेसँगै कारोबार रकमसमेत ओरालो लागेको छ । कुल २२४ कम्पनीको ३९ लाख १७ हजार ६५५ कित्ता सेयर रु एक अर्ब ३६ करोड ९५ लाख १३ हजार १९२ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका कुल १३ उपसमूहको सेयर मूल्य नै ओरालो लागेको छ । बैंकिङ १७.९६, व्यापार २१.८५, होटल तथा पर्यटन ७०.६९, विकास बैंक ७५.९२, जलविद्युत् ५३.०९, वित्त ३३.३२, निर्जीवन बिमा १६३.७९, उत्पादन ७२.४४, अन्य ४.०१, लघुवित्त ८४.७८, जीवन बिमा २८५.८८, सामूहिक लगानी कोष ०.१४ र लगानी १.४७ अंकले ओरालो लागेको छ ।

कारोबारका आधारमा नबिल बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु चार करोड १५ लाख नौ हजार २६५ बराबरको कारोबार भयो । अरुण भ्याली हाइड्रोपावर रु तीन करोड ८७ लाख २७ हजार, नेपाल लाइफ इन्स्योरेन्स रु तीन करोड ८५ लाख ७३ हजार ५८९, नागरिक लगानी कोष रु तीन करोड ६४ लाख २६ हजार ९४६ र हिमालयन डिस्टिलरी रु तीन करोड ५३ लाख ८३ हजार ७४३ बराबरको कारोबार भइ शीर्ष पाँचमा रहे ।

नेप्सेका अनुसार गुराँस लघुवित्त ६.२०, प्रभु लाइफ इन्स्योरेन्स ५.२६, लुम्बिनी जनरल इन्स्योरेन्स ४.०२, एनएमबी फिफ्टी ४.०१, युनाइटेड इदि मर्दी आरबी हाइड्रोपावरका लगानीकर्ताले ३.९२ प्रतिशतले कमाएका छन् । मिथिला लघुवित्त ५.८९, विन नेपाल लघुवित्त ५.८७, तेह्रथुम पावर कम्पनी ५.४३, प्रभु इन्स्योरेन्स ५.१४ र लाइफ इन्स्योरेन्स कर्पोरेसनका लगानीकर्ताले ५.०४ प्रतिशतले गुमाए ।

प्रकाशित समय : २३:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु