global ime bank Long Banner Ad

गृहपृष्ठ शैक्षिक क्षेत्रमा हप्तामा दुई दिन बिदा नदिन आग्रह

शैक्षिक क्षेत्रमा हप्तामा दुई दिन बिदा नदिन आग्रह

शैक्षिक क्षेत्रमा हप्तामा दुई दिन बिदा नदिन आग्रह

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ, नेपालले शैक्षिक क्षेत्रमा हप्तामा दुई दिन बिदा दिने निर्णय फिर्ता लिन नेपाल सरकारसँग माग गरेको छ । विगत दुई वर्ष अगाडिदेखि कोभिड-१९ का कारण विद्यालय नियमित नखुल्दा पठनपाठनले गति लिन नसकेको र विद्यार्थीमा पढ्ने लेख्ने अभ्यास हराउँदै जान थालेकाले नियमित पढाइ सञ्चालन गर्न महासंघले माग गरेको हो ।

महासंघका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मुक्तानले आइतबार विज्ञप्ति जारी गरी बालबालिकाको सिकाइ निरन्तरतामा नोक्सानी भइरहेका अवस्थामा झनै हप्तामा दुई दिन विद्यालय बन्द गर्ने सरकारको निर्णय सिकाइ निरन्तरता र गुणस्तरीय शिक्षा प्रतिकूल हुने भएकाले निर्णय फिर्ता लिन आग्रह गरेका छन् । सरकारले इन्धन बचतका लागि यही जेठ १ गतेदेखि शनिबारका अतिरिक्त आइतबार पनि बिदा दिने निर्णय कार्यान्वयन गरेपछि शिक्षालयमा पनि आइतबार बिदा हुन थालेको हो । निजी विद्यालयले भने आफूखुसी गरेका छन् ।

प्रकाशित समय : ०४:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु