काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

बलात्कार आरोपी पाण्डेविरुद्ध कुन मुद्दा चलाउने प्रहरी नै अन्योलमा

15.35K
shares

एक मोडलले ८ वर्षअघि बलात्कार गरेको आरोप लगाएपछि पक्राउ परेका मनोज पाण्डेविरुद्ध के मुद्दा लगाउने भन्ने विषयमा प्रहरी नै अन्योलमा परेको छ । तर कानूनी परामर्शमै रहेको प्रहरीले जनाएको छ ।

उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयका प्रमुख वसन्त कुँवरले मानव बेचबिखन र बलात्कारमध्ये एक वा दुवैमा मुद्दा चल्न सक्ने बताए । सुन्दरी प्रतियोगिताका तत्कालीन आयोजक रहेका पाण्डेलाई शनिबार पक्राउ गरिएको हाे । आइतबार पनि सार्वजनिक बिदा भएकाले सोमबार अदालतबाट अनुसन्धानका लागि म्याद लिने प्रहरीको तयारी छ ।

पाण्डेले सक्सेस पार्टीमा बोलाएर बलात्कार गरेको र ६ महिनासम्म ब्ल्याकमेलिङ गर्दै बलात्कार गरेको आरोप ती युवतीको छ । ती युवतीले केही दिनअघि सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोले तरंग उत्पन्न गराएको छ ।

दोषीलाई पक्राउ गरी कडाभन्दा कडा सजायको मागसहित हरेक दिन महिला अधिकारवादीहरुले प्रर्दशन गरिरहेका छन् ।