गृहपृष्ठ बलात्कार आरोपित मनोज पाण्डे पक्राउ
बलात्कार आरोपित मनोज पाण्डे पक्राउ
सौन्दर्य प्रतियोगिताका क्रममा बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे पक्राउ परेका छन् ।
सात वर्षपछि सामाजिक सञ्जालमार्फत पीडित युवतीले सार्वजनिक गरेको भिडियोका आाधारमा प्रहरीले आरोपित पाण्डेलाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दियो । स्राेतका अनुसार उनलाई स्वयम्भु क्षेत्रबाट पक्राउ गरिएको हो । शुक्रबार मात्र प्रहरीले पीडित युवतीलाई भेटेर घटनाबारे जानकारी लिएको थियो ।
युवतीले आफूमाथि बलात्कार भएको भन्दै भिडियाेमार्फत घटनाबारे सार्वजनिक गरेकी थिइन् । घटनाबारे संसदमा समेत कुरा उठेपछि सभामुख अग्निप्रसाद सापकोटाले रूलिङ गर्दै घटनाको छानविन गरी सत्यतथ्य पत्ता लगाउन र दोषीलाई कारबाही गर्न निर्देशन दिएको थियो ।
प्रकाशित समय : ००:०१ बजे

















