गृहपृष्ठ महालक्ष्मी विकास बैंक २८ वर्षमा, सबै नेपालीसामु बैंकिङ पहुँच पुर्याउने प्रतिवद्धता
महालक्ष्मी विकास बैंक २८ वर्षमा, सबै नेपालीसामु बैंकिङ पहुँच पुर्याउने प्रतिवद्धता
देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानबाट बैकिङ सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंक २८औं वर्षमा प्रवेश गरेको छ । जेठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको यस बैंकले देशैभरी छरिएर रहेका १०३ शाखाबाट करिब ६ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
वार्षिकोत्सव अवसरमा बैंकले आफ्ना ग्राहक, सेयरधनी, नियमनकारी निकायहरुलाई कृतज्ञता जाहेर गरेको छ । यस २७ वर्षको अवधिमा प्राप्त सहयोगप्रति बैंक आभारी रहेको बैंकले जनाएको छ । २८औं वार्षिकोत्सव अवसरमा बैंकले आफ्ना सबै शाखामा विभिन्न सामाजिक हितका कार्यक्रम आयोजना गरेको छ ।
एक शाखा एक वृक्ष, हाम्रो जिम्मेवारी भन्ने मुल नाराका साथ हरेक शाखामा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको थियाे । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैंकले रक्त्तदान नै जीवनदान भन्ने नारालाई सार्थक बनाउदै रगतको आवश्यकता र खड्किरहने अभावलाई केही हद सम्म भए पनि पूरा होस् भन्ने अभिप्रायका साथ ३३ वटा शाखाबाट रक्तदान कार्यक्रम सञ्चालन गरेको छ ।
यसका साथै बैंकले काठमाडौँ उपत्यकामा रहेका आफ्ना शाखाका कर्मचारीहरुको सहभागितामा वित्तीय साक्षरताका निम्ति दरबारमार्गबाट भोटाहिटी, इन्द्रचोक, बसन्तपूर, न्यूरोड गेट, महाँकाल, रत्नपार्क, जमल हुँदै पुन: दरबारमार्गसम्म प्रभातफेरी गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देबकोटाले वार्षिकोत्सव कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा आदरणीय ग्राहकवर्ग, शुभचिन्तक, नियामक निकाय एवं सेयरधनीहरुको विश्वास, स्नेह, सद्भाव र मार्गनिर्देशनको लागि हार्दिक कृतज्ञता व्यक्त गरे ।
ग्राहकको सन्तुष्टि र संस्थागत सुशासन आत्मसात् गर्दै भविष्यमा अझ सरल, सहज र विश्वसनीय बैंकिङ सेवाको पहुँच सारा नेपाली जनतामा पुर्याउने बैंकले प्रतिबद्धता जनाएकाे छ ।
प्रकाशित समय : २२:४० बजे

















