गृहपृष्ठ अन्तिम खेलमा युगान्डाविरूद्ध नेपाल विजयी
अन्तिम खेलमा युगान्डाविरूद्ध नेपाल विजयी
युगान्डाविरुद्धको पाँचौ तथा अन्तिम टी-ट्वान्टी क्रिकेटमा नेपालले जित हासिल गरेकाे छ । शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालको राष्ट्रिय महिला क्रिकेट टिमले सिरिजको अन्तिम खेलमा पाहुना टोली युगान्डालाई ३३ रनले पराजित गरेकाे हाे ।
पाँच म्याचको टी-ट्वान्टी सिरिजमा युगान्डा ३-२ ले विजयी बनेको छ । शनिबार १ सय २४ रनको लक्ष्य पछ्याएको युगान्डाले ६ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो । नेपालको कसिलो बलिङसामु युगान्डाको ब्याटिङ चल्न सकेन ।
युगान्डाका लागि रिता मुसामालीले सर्वाधिक २६, ओपनर केभिन अविनोले १५, फियानो कुलुमे ८, जेनेट बाबाजिले १०, लियोना बाबिरियले २ र सुसान काकाईले ७ रन बनाइन् । सकिरा सादिक ७ र कान्सी अवेको १३ रनमा नटआउट रहे । नेपालकी इन्दु वर्मा र सिता राना मगरले समान दुई-दुई विकेट लिए । आस्मिना कर्मचार्य र हिरामाइ रोयले समान एक एक विकेट हात पारे ।
यसअघि, युगान्डाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभमार ६ विकेट गुमाएर १ सय २३ रन बनाएको थियो । नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक ४९ रन बनाइन् । सिताराना मगरले १७ रन बनाएको इनिङ्समा इन्दु वर्माले ८ रन बनाइन् । कविता जोशीले नटआउट १८ रन बनाउदा अपसरी बेगम ११ रनमा आउट भइन् । रुबिना क्षेत्री र डोली भट्ट दुवै शुन्य रनमा पोविलियन फर्किए । युगान्डाका कान्सी अवेकोस र फियोना कुलुमेले समान एक एक विकेट लिए ।
नेपालले पहिलो खेल १२ रन र दोस्रो खेल एक विकेटले गुमाएकाे थियाे । तेस्रो खेलमा नेपालले ६ विकेटको हार ब्यहोरेको थियो भने चौथो खेलमा युगान्डालाई १५ रनले हराएको थियो ।
प्रकाशित समय : २२:२९ बजे

















