गृहपृष्ठ ‘आइएमई पे’काे याेजना : हवाइ टिकट किन्दा सुनको सिक्का जित्ने अवसर
‘आइएमई पे’काे याेजना : हवाइ टिकट किन्दा सुनको सिक्का जित्ने अवसर
आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पेले हवाइ टिकटमा नि:शुल्क सुनको सिक्का जित्न सकिने योजना सार्वजनिक गरेको छ । आइएमई पे मोबाइल वालेट एपबाट हवाई टिकट बुक गर्ने २ भाग्यशाली यात्रुले हरेक १५ दिनमा एउटा सुनको सिक्का पाउने प्रबन्ध मिलाइएको छ ।
यसका अतिरिक्त योजना अवधिभर हरेक दिन आइएमई पे एपबाट हवाइ टिकट काट्दा दैनिक १ भाग्यशाली विजेताले दुईवटा चन्द्रागिरि केबलकारको टिकट र हरेक हप्ता १ भाग्यशाली विजेताले एउटा चाँदीको सिक्का पनि जित्न सक्नेछन् ।
उड्डयन सेवा अहिलेको समयमा सबैभन्दा बढी रूचाइएको यातायात माध्यम हुन पुगेको छ । आरामदायी र छिटो यात्रा गर्नको लागि अहिले कैयौँ यात्रुहरुले हवाई उड्डयन नै रोज्छन् । यस्ता यात्रुहरुले सहजताको निम्ति आइएमई पे एपजस्ता मोबाइल वालेट एपबाट घरमै बसी हवाई टिकट बुक गर्न मिल्छ । अझ बढी यात्रुहरुलाई हवाई यात्रामा उत्साह प्रदान गर्न र पुराना यात्रुहरुलाई निरन्तरता दिन प्रेरित गर्न आइएमई पेले यस योजना सार्वजनिक गरेको हो ।
यस योजनालाई सञ्चालन गर्नका लागि कम्पनीले केही निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । यसअनुसार, आइएमई पे एपको सम्पूर्ण दर्ता भएका प्रयोगकर्ताहरु यस योजनाको निम्ति योग्य हुनेछन् । आइएमई पे एपबाट हवाई टिकट बुक गर्ने यात्रुहरूमध्ये हरेक दिन १ भाग्यशाली विजेताले चन्द्रागिरि केबलकारको दुईवटा टिकट प्राप्त गर्न सक्नेछन् । आइएमई पे एपबाट हवाई टिकट बुक गर्ने यात्रुहरू मध्ये हरेक हप्ता ५ भाग्यशाली विजेताले १ चाँदीको सिक्का प्राप्त गर्न सक्नेछन् ।
आइएमई पे एपबाट हवाई टिकट बुक गर्ने यात्रुहरूमध्ये हरेक १५ दिनमा १ भाग्यशाली विजेताले १ सुनको सिक्का बम्पर उपहारस्वरूप प्राप्त गर्नेछन् ।
प्रकाशित समय : १८:१८ बजे



















