गृहपृष्ठ काठमाडौं-१ मा एमाले विजयी
काठमाडौं-१ मा एमाले विजयी
काठमाडौं महानगरपालिकाको वडा नम्बर १ मा नेकपा (एमाले)ले वडाध्यक्ष जितेको छ । मतगणनाको अन्तिम परिणामअनुसार एमालेका भरतलाल श्रेष्ठ ६२२ मत प्राप्त गरी विजयी भएका हुन् । भरतलाल यसअघि पनि सोही वडाको अध्यक्ष थिए ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका किरण श्रेष्ठले ५९८ मत प्राप्त गरेका छन् । लौरो चुनाव चिन्ह पाएका स्वतन्त्र उम्मेदवार राजकुमार श्रेष्ठले ४४१ मत पाएका छन् भने राप्रपाका किरोजमान डंगोलले २२८, माओवादी केन्द्रका २८ र एकीकृत समाजवादीका पुष्पकाजी श्रेष्ठले २६ मत पाएका छन् ।
प्रकाशित समय : ०४:१६ बजे



















