global ime bank Long Banner Ad

गृहपृष्ठ काठमाडाैं महानगर प्रमुखका उम्मेदवार सिंहद्वारा मतदान

काठमाडाैं महानगर प्रमुखका उम्मेदवार सिंहद्वारा मतदान

काठमाडाैं महानगर प्रमुखका उम्मेदवार सिंहद्वारा मतदान

काठमाडौं महानगरपालिकाको प्रमुखका उम्मेदवार सिर्जना सिंहले मतदान गरेकी छिन् । नेपाली कांग्रेसका उम्मेदवार उनले कामपा-१६ पकनाजोलस्थित नेपाल युवक माध्यामिक विद्यालयमा रहेको केन्द्रबाट मतदान गरेकी हुन् ।

मतदानपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले काठमाडौंको फोहरमैला व्यवस्थापन, ट्राफिक जाम हटाउने र सुरक्षित सहर बनाउने आफ्नो प्रतिबद्धता रहेको बताइन् ।

यस्तै कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि सोही मतदान केन्द्रबाट मतदान गरेका छन् । मतदानपछि सञ्चारकर्मीसंग कुराकानी गर्दै उनले लोकतन्त्रलाई सुदृढ बनाउन निर्वाचन महत्वपूर्ण भएकाले आफ्नो मताधिकार प्रयोग गर्न आम मतदाताई आग्रह गरे । उनले भने, 'गठबन्धन देशको आवश्यकता हो ।'

प्रकाशित समय : १४:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु