गृहपृष्ठ प्रचण्डले गरे मतदान, भन्छन्- हारजित स्वाभाविक हो
प्रचण्डले गरे मतदान, भन्छन्- हारजित स्वाभाविक हो
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भरतपुर महानगरपालिकाबाट मतदान गरेका छन् । शुक्रबार मतदान सुरु भएको केही छिनमै भरतपुर महानगरपालिका १४ बाट उनले मतदान गरेका हुन् ।
भरतपुरस्थित शान्तिपुरको नेपाल प्रहरी स्कुल केन्द्रमा उनले मतदान गरेका हुन् । मतदानपछि उनले पत्रकारहरुलाई प्रतिक्रिया दिँदै हारजितलाई स्वभाविक रुपमा लिनुपर्ने बताए । उनले जितमा अनावश्यक हौसिने र पराजयमा निराश भइहाल्न नहुनेसमेत बताए ।
संविधानले निर्धारण गरेको हरेक ५ वर्षमा हुने स्थानीय तह निर्वाचन शुक्रबार हुँदैछ । संविधान जारी भएपछि दोस्रोपटक स्थानीय तह निर्वाचन हुन लागेको हो । भरतपुरमा प्रचण्डकै पुत्री रेनु दाहाल महानगरको मेयरमा उम्मेदवार छिन् ।
प्रकाशित समय : १४:२५ बजे



















