गृहपृष्ठ प्रमुख निर्वाचन आयुक्त थपलियाले गरे मतदान

प्रमुख निर्वाचन आयुक्त थपलियाले गरे मतदान

प्रमुख निर्वाचन आयुक्त थपलियाले गरे मतदान

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदान गरेका छन् । उनले भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ स्थित उपस्वास्थ्य चौकीमा रहेको मतदान केन्द्रबाट स्थानीय तह निर्वाचनको उम्मेदवारलाई मतदान गरेका हुन् ।

उनले बिहान ७ बजे उक्त मतदानस्थलको ख केन्द्रमा मतदान गरेका हुन् । सो अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले पाँच वर्षपछि आफ्नो ठाउँको प्रतिनिधि चयन गर्न पाउँदा गर्व लागेको बताए । उनले आम मतदातालाई उत्साहपूर्वक मतदानमा भाग लिन आह्वानसमेत गरे । मतदान गर्नुअघि थपलियाले मतदानस्थलको अवलोकन गरेका थिए ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रिया बेलुका ७ बजेसम्म जारी रहनेछ ।

प्रकाशित समय : १३:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु