nmb bank

गृहपृष्ठ दुर्गममा नगए निजामती कर्मचारीको बढुवा नहुने

दुर्गममा नगए निजामती कर्मचारीको बढुवा नहुने

दुर्गममा नगए निजामती कर्मचारीको बढुवा नहुने

सरकारले निजामती कर्मचारी दुर्गम र प्रमुख प्रशासकीय अधिकृत पद रहेको स्थानमा नगए बढुवा रोक्का गर्ने प्रस्ताव गरेको छ ।

शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको निजामती सेवा विधेयकको मस्यौदामा सो व्यवस्था गरिएको छ । मन्त्रालयले विधेयकको मस्यौदामा सातदिनभित्र संशोधन मागेको छ ।

‘दुर्गम भौगोलिक क्षेत्रमा र प्रमुख प्रशासकीय अधिकृत पद रहेका स्थानमा नगएमा बढुवाको सम्भाव्य उम्मेदवार हुन नसक्ने,’ मस्यौदामा नयाँ प्रस्तावको रूपमा उल्लेख गरिएको छ ।

प्रकाशित समय : १९:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु