गृहपृष्ठ सुकुम्बासी बस्ती खाली गराउने निर्णयविरुद्ध सर्वोच्चमा रिट
सुकुम्बासी बस्ती खाली गराउने निर्णयविरुद्ध सर्वोच्चमा रिट
काठमाडौंका विभिन्न नदी किनारा र सार्वजनिक स्थानमा बनाइएका बस्ती खाली गर्न लागिएको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।
गोपाल रनपहलीसहित ११ जनाले सुकुम्बासीलाई बस्ती खाली गर्न लगाइएको विषयविरुद्ध रिट दायर गरेका सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।
काठमाडौंका नदी किनाराका सुकुम्बासी बस्ती आज बेलुका ७ बजेसम्ममा खाली गर्न जिल्ला प्रशासन कार्यालय र काठमाडौं महानगरपालिकाले सूचना जारी गरिसकेका छन् ।
रिट निवेदनमा काठमाडौं उपत्यका तथा देशैभरिका नदी किनार वा जुनसुकै स्थानका सुकुम्बासी बस्तीका भूमिहीन परिवारको पहिचान, प्रमाणीकरण र वैकल्पिक व्यवस्था नगरी कुनै पनि परिवारलाई हटाउने, उठाउने, विस्थापित गर्ने वा कुनै पनि किसिमको जबर्जस्ती कारबाही नगर्नु/नगराउनु भनिएको छ ।
प्रकाशित समय : १९:५७ बजे



















