nmb bank

गृहपृष्ठ विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने : इरानी सञ्चारमाध्यम

विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने : इरानी सञ्चारमाध्यम

विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने : इरानी सञ्चारमाध्यम

मध्यपूर्व युद्ध अन्त्य गर्ने प्रयासमा इस्लामिक गणतन्त्र इरान र संयुक्त राज्य अमेरिकाबीच पाकिस्तानको मध्यस्थतामा शान्तिवार्ता हुने निश्चित भएको छ ।

पाकिस्तानको मध्यस्थता हुन गइरहेको दोस्रो चरणको वार्ताका लागि इरानका विदेशमन्त्री अब्बास अरागचीले शुक्रबार पाकिस्तान जानुहुनेभएको इरानको राज्य सञ्चालित सञ्चारमाध्यमले पुष्टि गरेको छ।

“विदेशमन्त्रीले शुक्रबार (अप्रिल २४) बेलुकी इस्लामाबाद, मस्कट र मस्कोको भ्रमणका लागि प्रस्थान गर्नुहुनेछ,” पाकिस्तानी अधिकारीले उक्त भ्रमणको खुलासा गरेपछि इरानी सरकारी समाचार संस्था इर्नाले जनाएको छ ।

भ्रमणको उद्देश्य द्विपक्षीय परामर्श गर्ने, यस क्षेत्रमा भइरहेको गतिविधिबारे छलफल गर्ने र इरानविरुद्ध अमेरिका र इजरायली शासनले लगाएको युद्धको पछिल्लो अवस्थाको समीक्षा गर्नु रहेको इर्नाले जनाएको छ ।

प्रकाशित समय : २१:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु