nmb bank

गृहपृष्ठ कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्याउन सुरु

कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्याउन सुरु

कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्याउन सुरु

कास्की – कास्की जिल्लामा पहिलोपटक सार्वजनिक सेवाको होम डेलिभरी सेवा सुरु गरिएको छ । हुलाक सेवामार्फत नागरिकका घरदैलोमै सेवा पुर्याउने उद्देश्यसहित अन्नपूर्ण गाउँपालिकाबाट राहदानी (पासपोर्ट) वितरण सेवा घरमै पुर्याउँदै यसको औपचारिक शुभारम्भ जिल्लामा गरिएको हो ।

अन्नपूर्ण गाउँपालिका–१, लेवाडे निवासी गीता अधिकारी र वडा नं २ ढिकुरपोखरी निवासी तारा ढुङ्गाना भण्डारीलाई उनीहरूको घरमै पुगेर प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले उनीहरूको राहदानी हस्तान्तरण गरे ।

जिल्ला प्रशासन कार्यालय कास्कीको अग्रसरता तथा अन्नपूर्ण गाउँपालिका र हुलाक निर्देशनालय पोखराको सहकार्यमा होम डेलिभरी सेवा सुरु गरिएको प्रशासनले जनाएको छ । सरकारको शासकीय सुधार कार्यक्रमअन्तर्गत सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने कार्यक्रमअन्तर्गत यो कार्यक्रम सुरु गरिएको प्रजिअ शर्माले बताए ।

मन्त्रिपरिषद्को गत चैत १३ गतेको बैठकले १०० बुँदे शासकीय सुधारको कार्यसूचीको बुँदा नं २७ मा सरकारी सेवा घरमै उपलब्ध गराउने उल्लेख गरिएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शर्माले अन्नपूर्ण गाउँपालिका हुलाक सेवा केन्द्रको अनुगमनसमेत गरेका छन । गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीसँगको छलफलमा प्रजिअ शर्माले नागरिकलाई सेवा प्रवाहलाई थप सहज, प्रभावकारी र पहुँचयोग्य बनाउने विषयमा आवश्यक छलफल गरे ।

प्रकाशित समय : २०:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु