nmb bank

गृहपृष्ठ माछापुच्छ्रे बैंकको एमबिएल आईटी कर्जा सेवा विस्तार

माछापुच्छ्रे बैंकको एमबिएल आईटी कर्जा सेवा विस्तार

माछापुच्छ्रे बैंकको एमबिएल आईटी कर्जा सेवा विस्तार

काठमाडौं । डिजिटल रूपान्तरणलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले एमबिएल आईटी कर्जा नामक नयाँ कर्जा योजना अघि सारेको छ ।

सूचना प्रविधि क्षेत्रमा संलग्न व्यवसायी तथा उद्यमीहरूलाई सशक्त बनाउने लक्ष्य लिएको बैंकले बताएको छ ।

बैंकका अनुसार, यस कर्जा योजनाले सूचना प्रविधिको क्षेत्रमा आइरहेका नवप्रवर्तनलाई प्रोत्साहन गर्नुका साथै नेपालमा विकसित हुँदै गएको सूचना प्रविधिलाई थप सुदृढ बनाउने अपेक्षा बैंकले गरेको छ ।

साथै, यस कर्जाले नेपालका आईटी/सफ्टवेयर कम्पनीहरूलाई चालु पुँजी, पूर्वाधार तथा सञ्चालन विस्तारका लागि सहज रूपमा वित्तीय पहुँच उपलब्ध गराउने योजना राखेको छ ।

यस योजनाअन्तर्गत कर्जा लिन सम्बन्धित सरकारी निकायमा दर्ता भएका व्यवसायहरू मात्र योग्य हुने बताएको छ । “यसमा आईटी/सफ्टवेयर फर्म (एकल वा साझेदारी), प्राइभेट लिमिटेड कम्पनीहरु पदर्छन् र यस्ता कम्पनीहरूले प्यान, भ्याट जस्ता कर नियमितरुपमा तिरेको हुनुपर्नेछ ।

प्रकाशित समय : २०:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु