गृहपृष्ठ एक अर्बको ऋणपत्र जारी गर्दै लुम्बिनी विकास बैंक
एक अर्बको ऋणपत्र जारी गर्दै लुम्बिनी विकास बैंक
लुम्बिनी विकास बैंकले एक अर्ब रूपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । उक्त ऋणपत्रको अवधि १० वर्ष र ब्याजदर ११ प्रतिशत रहेको छ ।
ऋणपत्र जारी गर्न बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । उक्त सम्झौतामा लुम्बिनी विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।
लुम्बिनी विकास बैंकले देशका ७ वटै प्रदेशमा ८३ वटा शाखामार्फत कारोबार गर्दै आएको छ ।
प्रकाशित समय : २२:१६ बजे



















