global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ नेपाल भित्रिने रेमिट्यान्समा ०.६ प्रतिशतले कमी, नौ महिनामा भित्रियो ७ खर्ब २४ अर्ब 

नेपाल भित्रिने रेमिट्यान्समा ०.६ प्रतिशतले कमी, नौ महिनामा भित्रियो ७ खर्ब २४ अर्ब 

नेपाल भित्रिने रेमिट्यान्समा ०.६ प्रतिशतले कमी, नौ महिनामा भित्रियो ७ खर्ब २४ अर्ब 

नेपाल भित्रने रेमिट्यान्समा ०.६ प्रतिशतले कमी आएको छ । नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको नयाँ तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा नेपालमा ७ खर्ब २४ अर्ब ७४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । 

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिको तुलनामा यस वर्ष नेपाल भित्रने रेमिट्यान्समा ०.६ प्रतिशतले कमी आएको हो । अघिल्लो वर्ष सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स १६.५ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा नेपाल भित्रिने रेमिट्यान्समा २.२ प्रतिशतले कमी आइ ६ अर्ब ५ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो रेमिट्यान्स १३.१ प्रतिशतले बढेको थियो ।

प्रकाशित समय : २२:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु