nmb bank

गृहपृष्ठ खेलाडी-प्रशिक्षक विवाद छानबिन गर्न समिति गठन

खेलाडी-प्रशिक्षक विवाद छानबिन गर्न समिति गठन

खेलाडी-प्रशिक्षक विवाद छानबिन गर्न समिति गठन

अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र बन्द प्रशिक्षण छाडेका खेलाडीबीचको विवादको सत्यतथ्य पहिचान गर्न कमिटी गठन गरेको छ ।

एन्फाको आज बसेको कार्यसमिति बैठकले राष्ट्रिय टोलीबाट निकालिएका १० खेलाडी र प्रशिक्षकबीच भएको विवादको विषयमा सत्यतथ्य पत्ता लगाउन तीन सदस्यीय छानबिन समितिको गठन गरेको हो । एन्फाले नेपाली सेनाका पूर्वउपरथी तथा पूर्वखेलाडी भिक्टर राणाको संयोजकत्वमा तीन सदस्यीय कमिटी गठन गरेको हो । कमिटीमा पूर्वखेलाडी विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा छन् ।

कमिटीले सात दिनभित्र छानबिन गरेर एन्फालाई प्रतिवेदन पेश गर्नेछ । मुख्य प्रशिक्षक अलमुताइरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै यही वैशाख १३ गते १० खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए । क्याम्प छाडेका खेलाडीले होटल सुविधाको माग राख्दा प्रशिक्षक अलमुताइरीले पटक-पटक क्याम्प छाडेर जान भनेपछि आफूहरु बाध्य भएर प्रशिक्षण छाडेको खेलाडीले बताउँदै आएका छन् । 

प्रकाशित समय : ०२:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु