गृहपृष्ठ हङकङमा नयाँ प्रशासकको चयन हुँदै
हङकङमा नयाँ प्रशासकको चयन हुँदै
हङकङमा आइतबार नयाँ प्रशासकको चयन हुने भएको छ । क्यारी लामको कार्यकाल सकिएपछि उनको ठाउँमा जोन ली नयाँ प्रशासकको रुपमा चयन हुने अनुमान गरिएको छ किनकी उनी प्रशासकका लागि एक मात्र उम्मेदवार रहेका छन् ।
चीन सरकारले हङकङमाथिको पकड झन् कसिलो बनाउन ली लाई नयाँ प्रशासकको रूपमा ल्याउन लागेको टिप्पणी गरेको छ । १५ सय जना सदस्य रहेको एउटा कमिटीले हङकङका प्रशासक चुन्ने प्रणाली रहेको छ । उक्त कमिटीमा लगभग सबै जना चिनियाँ प्रशासनको निकट नै रहने गरेका बताइएको छ । हङकङका पूर्व मुख्यसचिव ली प्रमुख प्रशासकपछि दोस्रो तहका उच्च अधिकारी पनि हुन् ।
सन् १९९७ मा बेलायतले हङकङ चीनलाई हस्तान्तरण गर्दा भएको सहमति चीनले पालना नगरेको भन्ने गुनासोबीच हङकङको प्रमुख प्रशासकमा झन् कट्टर रूपमा चीनको समर्थक रहेका लीको आगमन हुने निश्चितप्राय भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रकाशित समय : ०२:२१ बजे


















