गृहपृष्ठ तीन प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना
तीन प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना
देशका तीन प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । आगामी २४ घण्टामा प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा वर्षाकाे सम्भावना रहेकाे महाशाखाले उल्लेख गरेकाे छ ।
महाशाखाका अनुसार देशका बाँकी भू-भागका एक-दुई स्थानहरूमा पनि मेघ गर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हाल नेपालमा स्थानीय वायु र भारतको बिहार-पश्चिम बंगालमा बनेको न्यूनचापीय प्रणालीको संयुक्त प्रभाव रहेको महाशाखाको भनाइ छ । अहिले मधेस प्रदेश, बागमती प्रदेश र सूदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।
सोमबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको केही स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यसैगरी, राति कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसमी प्रणाली पनि यस्तै रहनेछ । कतिपय स्थानमा भारी वर्षा हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ ।
प्रकाशित समय : १३:०० बजे



















