nmb bank

गृहपृष्ठ आइपिएलमा गुजरात र संघर्षरत कोलकाता खेल्दै

आइपिएलमा गुजरात र संघर्षरत कोलकाता खेल्दै

आइपिएलमा गुजरात र संघर्षरत कोलकाता खेल्दै

इन्डियन प्रिमियर लिग (आपिएल) २०२६ मा आज अहमदाबादमा गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीच खेल हुँदैछ।

तर यस खेलमा श्रीलंकाली तीव्र बलर माथीसा पथिराना भने उपलब्ध हुने छैनन्। उनले श्रीलंका क्रिकेटबाट एनओसी पाए पनि व्यवस्थापकीय कारणले यो खेल खेल्न नसक्ने भएका हुन्।

गर वा मरको अवस्थामा कोलकाताका लागि यो खेल अत्यन्त महत्वपूर्ण बनेको छ। ५ खेलमा मात्र एक अंक जोडेको कोलकाता प्रतियोगिताको मध्य चरणमा पुग्नुअघि नै कठिन अवस्थामा पुगेको छ। जितबाहेक अर्को नतिजाले टोलीलाई कमजोर अवस्थामा स्थितिमा पुर्‍याउनेछ।

विदेशी खेलाडी फिन एलेन र क्यामरुन ग्रीनबाट अपेक्षित प्रदर्शन आउन सकेको छैन। त्यस्तै भारतका अन्तर्राष्ट्रिय खेलाडी रिंकु सिंह र रामन्दीप सिंह पनि अहिलेसम्म प्रभाव जमाउन सकेका छैनन्।

अघिल्लो खेलमा सुनील नारिनलाई ओपनरका रूपमा पठाइएको निर्णय रणनीतिक भए पनि त्यसले टोलीको ब्याटिङ संयोजन केही अन्योलपूर्ण देखिएको छ। यसले टोलीका प्रभावशाली पावरप्ले ब्याटर अजिंक्य रहाणेलाई तल झार्नुपर्ने स्थिति सिर्जना गरेको थियो।

बलिङतर्फ भने केही सुधार देखिएको छ। नारिनले पुनः आफ्नो जादु देखाउन थालेका । कार्तिक त्यागी र वैभव अरोराको प्रदर्शन सन्तोषजनक छ। तर टोलीलाई अझै पनि वरुण चक्रवर्तीबाट उत्कृष्ट प्रदर्शनको आवश्यकता छ।

अर्कोतर्फ गुजरात टाइटन्स भने सुरुआती सुस्त प्रदर्शनपछि लयमा फर्किएको छ। कप्तान शुभमन गिल र साई सुदर्शन उत्कृष्ट फर्ममा देखिएका छन् भने जोस बटलरले पनि टि‌ ट्वान्टी विश्वकपपछिको खराब फर्मबाट उकासिएका छन्।

बलिङतर्फ प्रसिद्ध कृष्णाका छोटा र ढिला डेलिभरीले विपक्षी ब्याटरलाई दबाबमा राखिरहेका छन्। त्यस्तै राशिद खान पनि सन् २०२५ को निराशाजनक प्रदर्शनपछि फेरि लयमा फर्किएका छन्। गुजरात लगातार तेस्रो जित निकाल्दै अंक तालिकाको शीर्ष चारतर्फ उक्लिने लक्ष्यमा छ।

प्रसिद्ध कृष्णा यस सिजन गुजरातका महत्वपूर्ण बलर बनेका छन्। उनको छोटो र ढिलो गतिको बलले ब्याटरलाई समस्यामा पारिरहेको छ।

प्रकाशित समय : १७:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु