काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मुग्लिन-नारायणगढ सडक खुल्यो

14.32K
shares

पहिरो खसेपछि अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड खुलेकाे छ । चितवनको इच्छाकामना गाउँपालिका-६ तोपेखोलामा माथिबाट सुख्खा पहिरो खसेर बाटो अवरुद्ध भएकोमा अहिले उक्त पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

शनिबार पनि उक्त स्थानमा पहिरो खस्दा रातभर बाटो अवरुद्ध भएको थियो । ट्राफिक प्रहरीका अनुसार शनिबार बेलुका ७:४० बजे खसेको पहिरो आइतबार बिहान ४:१५ बजे पन्छाइसकिएको हाे । त्यसपछि दुवैतर्फ रोकिएका सवारी सञ्चालनमा आएका थिए । तर, बिहान ४:४८ बजे फेरि पहिरो खसेर दुवैतर्फको बाटो अवरुद्ध भएको थियो । त्याे पहिरो पनि पन्छाएसँगै दुवैतर्फ रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।