गृहपृष्ठ आज चट्याङसहित वर्षाकाे सम्भावना

आज चट्याङसहित वर्षाकाे सम्भावना

आज चट्याङसहित वर्षाकाे सम्भावना

हाल नेपालमा स्थानीय वायु, पश्चिमी न्यून चापीय प्रणाली र भारतको मध्य प्रदेशदेखि तामेलनाडुसम्म बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १ का तराई भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १ ,बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएकाे छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको केही स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मंगलबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको केही स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित समय : १२:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु