गृहपृष्ठ पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध सांकेतिक तस्बिर ।

पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज साँझ ७:३० बजे इच्छाकामना गाउँपालिकाको चोके खोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

मुग्लिनबाट नारायणगढतर्फ तीन किलोमिटरको दूरीमा पहिरो निरन्तर खसिरहेका कारण आज यातायात सञ्चालन हुने सम्भावना न्यून रहेको ट्राफिक प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर धर्म अधिकारीका अनुसार ठूलो पहिरो खसेका कारण आज पहिरो हटाउन असम्भव जस्तै छ ।

मुग्लिन हुँदै नारायणढतर्फ आउने सवारीसाधन मुग्लिनमा रोकिएका छन् भने नारायणगढबाट मुग्लिन हुँदै जाने सवारीसाधनलाई जुगेडीतर्फ नै रोकिएको छ । पहिरो हटाउन सुरु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : ०३:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु