गृहपृष्ठ आफ्नै रेकर्ड ताेड्दै कामिरिता २६औं पटक सगरमाथा शिखरमा 

आफ्नै रेकर्ड ताेड्दै कामिरिता २६औं पटक सगरमाथा शिखरमा 

आफ्नै रेकर्ड ताेड्दै कामिरिता २६औं पटक सगरमाथा शिखरमा 

प्रख्यात आरोही कामिरिता शेर्पाले २६औं पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका छन् । उनले यही वैशाख २४ गते सगरमाथाको सफल आरोहण गरेका हुन् ।

वसन्तकालीन हिमाल आरोहणका लागि बाटो बनाउँदै शनिबार बेलुकी कामीरिता शेर्पासहित ११ जना शेर्पाको टोली विश्वकै अग्लो हिमालको चुचुरोमा पुगेका छन् । कामिरिताले सन् २०१८ मा २२औं पटक सगरमाथा आरोहण गरेर आप्पा शेर्पाको कीर्तिमान तोडेका थिए । त्यसयता उनले निरन्तर सबैभन्दा धेरै पटक सगरमाथा आरोहणको कीर्तिमान राख्दै आएका छन् ।

उनले वैशाख २४ मा २६औं पटक आरोहण गरेर आफ्नै कीर्तिमान तोडेका हुन् । सोलुखुम्बुको थामेमा सन् १९७० मा जन्मिएका कामिरिताले पहिलो पटक १९९४ को मे १३ मा सगरमाथा आरोहण गरेका थिए ।

प्रकाशित समय : ०३:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु