गृहपृष्ठ नवौँ राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा  सार्वजनिक

नवौँ राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा  सार्वजनिक

नवौँ राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा  सार्वजनिक

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवौँ राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा  सार्वजनिक गरेको छ । शनिबार काठमाडौँमा राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले लोगो, मस्कट र नारा राखेपमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरेका हुन् ।

राखेपका बोर्ड एवं कार्यकारी समितिका सदस्य एकेन्द्र कुँवरको संयोजकत्वमा गठित ५ सदस्यीय समितिले लोगो र मस्कट छनोट गरेको हो । छनोट भएको लोगो र मस्कट काठमाडौँको मैतीदेवी निवासी ६२ वर्षीय भोलानाथ पौड्यालले तयार पारेका हुन् । लोगोमा माछापुच्छ्रे हिमाललाई रेखाकृतिमा राखिएको छ । आकाशे निलो रेखाले शान्तिको प्रतीक परेवालाई प्रतिविम्बित गरेको छ भने रातो रंगको ४ धर्साले परेवाको पखेटा र ट्रयाकलाई दर्शाएको छ । चन्द्रसूर्यले राष्ट्रिय ध्वजालाई प्रतिविम्बित गर्नुका साथै सबै टिमको प्रतिनिधित्व गरेको छ ।

कार्यक्रमम मन्त्री गहतराजले गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुदलाई भव्य रुपमा सम्पन्न गर्नका लागि मन्त्रालयले आवश्यक छलफल गरेको जानकारी दिए । यो वर्ष निर्वाचनको वर्ष भए पनि खेलकुद प्रतियोगिताको आयोजनामा कुनै कमी हुन नदिने उनको भनाइ छ । मस्कटका रुपमा गण्डकी प्रदेशमा पनि पाइने लोपोन्मुख तथा संरक्षित प्राणी कस्तुरी मृग रहेको छ । सुयोग्यराज काफ्लेले तयार परोको ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ नारा पारित भएको छ ।

नवौँ राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गतेसम्म हुनेछ । विभिन्न ३६ खेलमा ११ टिम सहभागी हुनेछन् ।

प्रकाशित समय : ०२:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु