काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

उद्योगीमाथि ऊर्जामन्त्रीको आक्रोश – भोलिदेखि विद्युत् आपूर्ति सहज हुन्छ, राजनीति नगर्नुस्

14.39K
shares

शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बोलाएको बैठकमा उद्योगीहरुले लोडसेडिङको तालिका माग गरेका थिए । छलफलमा उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले उद्योगहरुमा अनियमित बिजुली कटौती बढेको भन्दै लोडसेडिङ तालिका सार्वजनिक गर्न माग गरेका थिए ।

ऊर्जामन्त्री पम्फा भुसालले केही उद्योगमा विद्युत आपूर्तिमा गडबडी हुनुको कारणबारे नेपाल विद्युत् प्राधिकरण र नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग संयुक्त छलफल गरेकी थिइन् । मन्त्री भुसालले भोलि मंगलबारबाट बिजुलीको समस्या समाधान हुने मात्रै बताइनन्,  कठीन अन्तर्राष्ट्रिय परिवेश बुझेर पनि उद्योगीहरूले लोडसेडिङको तालिका माग्दै असहयोग गरेकोमा असन्तुष्टि जनाइन् ।

‘विद्युत् आपूर्तिमा देखिएको समस्या हाम्रो कारणबाट उत्पन्न भएको होइन, विश्वव्यापी समस्या हो,’ उनले भनिन्,’नेपालको सन्दर्भमा यसलाई सल्टाउन सरकार प्रतिवद्ध भएर लागेको छ, चाँडै समाधान हुन्छ ।’

विगतमा ऊर्जा सुरक्षाका लागि ठूला जलाशययुक्त आयोजना नबन्दा सुख्खा समयमा समस्या देखिने गरेको स्पष्ट पार्दै मन्त्री भुसालले केही दिनका लागि देखिएको समस्यालाई राजनीतिकरण नगर्न समेत आग्रह गरिन् । ‘ऊर्जाकै कारण हामीले समस्या भोग्नु पर्दैन, विगतमा ऊर्जा सुरक्षालाई ध्यान नदिँदा क्षणिक समस्या आएको हो, आगामी दिनमा यस्ता समस्या सल्टिँदै जानेछन्,’ उनले भनिन् ।

ऊर्जा मन्त्रालय स्रोतका अनुसार भोलिदेखि विहारबाट द्विपक्षीय सम्झौतामा आधारमा १५० मेगावाट बिजुली नेपाल आउन थाल्नेछ । यसका लागि प्राधिकरणले विहार सरकारसँग सहमति गरिसकेको स्रोतले बतायो ।