गृहपृष्ठ यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय
यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय
सरकारले दिवा शिशु स्याहार केन्द्र सञ्चालनका लागि निजामती कर्मचारी श्रीमती संघसँग सम्झौता गर्न स्वीकृति दिने निर्णय गरेको छ । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संघसँग थप ५ वर्षको सम्झौता गर्न महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई स्वीकृति दिने निर्णय भएको जानकारी दिए ।
बैठकले कोष तथा लेखा नियन्त्रक कार्यालय खोटाङका लागि जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गरेको छ भने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठन दोश्रो संशोधन आदेश, २०७९ स्वीकृत गर्ने निर्णय गरेको मन्त्री कार्कीले बताए । लोकसेवा आयोगको सिफारिसमा विभिन्न सेवा समूहका राजपत्रांकित द्वितीय श्रेणीका तीन जना अधिकृतहरूलाई राजपत्रांकित प्रथम श्रेणीमा बढुवा गर्ने निर्णय पनि बैठकले गरेको उनले बताए ।
मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षकहरूमध्ये धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक पदमा र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक राजु अर्याललाई सशस्त्र प्रहरी महानिरीक्षक पदमा बढुवा गरिएको जानकारी दिए ।
निर्णयहरू :

प्रकाशित समय : ०१:१३ बजे



















