काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सूचना प्रविधि दिवसमा नेपाल टेलिकमको अफरैअफर

10.08K
shares

यही वैशाख १९ गतेमा मनाइने चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा नेपाल टेलिकमले अफर उपलब्ध गराउने भएको छ । कम्पनीका अनुसार दिवसका अवसरमा ग्राहकलाई अनलिमिटेड डाटा र भ्वाइस सहितको कम्बो प्याक, डाटा प्याक र बोनस अन रिचार्ज उपलब्ध गराउने भएको हो ।

यो अफर वैशाख १८ देखि २४ सम्म उपलब्ध हुनेछ । अफरअन्तर्गत ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा ९८ रुपैयाँमा खरिद गर्न सकिने छ । त्यसैगरी २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबीपीएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याकमा ५० प्रतिशत छुट हुने छ ।

यसअघि ९९ रुपैयाँमा उपलब्ध हुँदै आएको उक्त प्याक राष्ट्रिय सूचना तथा सञ्चार दिवसको अवसरमा ५० प्रतिशत छुटसहित जम्मा ४९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । यसका लागि *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ ।

यसका साथै २०० देखि ४९९ रुपैयाँसम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने १ जीबीको डाटा प्याक र ५०० रुपैयाँ तथा सोभन्दा बढीको एमपोस रिचार्ज गर्दा ४ दिनसम्म प्रयोग गर्न सकिने २ जीबी डाटा प्याक पनि उपलब्ध गराइएको टेलिकमले जनाएकाे छ ।