काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

दुई बालिकालाई बलात्कार गरेकाे अभियाेगमा युवक पक्राउ

9.04K
shares

११ वर्षीया र ७ वर्षीया दुई जना बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका-३ बस्ने रोल्पा लौङग्री गाउँपालिका-४ घर भएका २० वर्षीय भुपेन्द्र पोखरेललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।

पोखरेलले बालिकाहरूलाई बुटवल उपमहानगरपालिका-३ तिनाउ खोला बगरमा गत चैत २१ गते ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।