nmb bank

गृहपृष्ठ नेपाल र जिम्बावे ‘ए’बीचकाे एकदिवसीय खेल स्थगित

नेपाल र जिम्बावे ‘ए’बीचकाे एकदिवसीय खेल स्थगित

नेपाल र जिम्बावे ‘ए’बीचकाे एकदिवसीय खेल स्थगित

लगातार वर्षाको कारण घरेलु टोली नेपाल र भ्रमणकारी टोली जिम्बावे ‘ए’बीचको पहिलो एकदिवसीय खेल स्थगित भएको छ । म्याच रेफ्री सत्यजित सरकार र अम्पायर विनय कुमार झाको टोलीले मैदान निरीक्षण गर्दै खेल स्थगित भएको जानकारी दिएका हुन् ।

कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा शनिबार बिहानदेखि निरन्तर वर्षा भइरहेको छ । खेल निर्धारित समयअनुसार ९:३० मा हुनुपर्ने थियो । तर, लगातार वर्षाको कारण खेल टससमेत नभइ स्थगित भएको हो । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार यस खेल आइतबार हुने छ ।

प्रकाशित समय : १८:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु