काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

ब्रदर्स एफसी हङकङको ‘दशैं कप २०८३’ फुटसलको उपाधि टिम ग्रीनले जित्यो, टिम यल्लो उपविजेता

494
shares

ai logo सारांश

  • ब्रदर्स एफसी हङकङको ‘दशैं कप २०८३’ फुटसलको उपाधि टिम ग्रीनले जित्यो
  • दशैंको अवसरमा आयोजित एकदिने प्रतियोगितामा टिम ग्रीनले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेको हो।
  • ब्रदर्स एफसी दशैं कप २०८३ को मिडिया पार्टनरमा आर्थिक प्लस र अखबार नेपाल रहेका छन्।

काठमाडौं । ब्रदर्स एफसी हङकङको आयोजनामा सम्पन्न ‘दशैं कप २०८३’ फुटसल प्रतियोगिताको उपाधि टिम ग्रीनले जितेको छ।

दशैंको अवसरमा आयोजित एकदिने प्रतियोगितामा टिम ग्रीनले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेको हो।

उपाधि विजेता टिम ग्रीनले ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगितामा उपविजेता बनेको टिम यल्लोले पनि ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ।

प्रतियोगिताको व्यक्तिगत विधातर्फ टिम ग्रीनका विजय थापा उत्कृष्ट गोलकिपर घोषित भएका छन्।

यस्तै, टिम यल्लोका सुसन मगर उत्कृष्ट रक्षक तथा अतित भण्डारी उत्कृष्ट खेलाडी घोषित भएका छन्। त्यसैगरी, टिम ग्रीनका राजकुमार ठकुरी (माने) प्रतियोगिताका उच्च गोलकर्ता बनेका छन्।

एकदिने प्रतियोगितामा टिम ग्रीन, टिम यल्लो, टिम ब्लु र टिम पिंक गरी चार टोलीको सहभागिता रहेको थियो। प्रतियोगिता लिग प्रणालीमा सञ्चालन गरिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी टोलीहरूले खेलकुदमार्फत आपसी सम्बन्ध, सहकार्य र भाइचारालाई थप मजबुत बनाउने अवसर प्राप्त गरेका थिए।

ब्रदर्स एफसीले खेलकुदलाई मनोरञ्जनसँगै स्वस्थ जीवनशैली र सामाजिक सम्बन्ध विस्तारको माध्यमका रूपमा अघि बढाएको जनाएको छ।

प्रतियोगिताका सल्लाहकार सुनिल थापामगर र संयोजक इन्द्र लामाले दशैं कपले खेलकुदका माध्यमबाट विभिन्न क्षेत्रका व्यक्तिहरूबीच आपसी भाइचारा बढाउनुका साथै स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्य पूरा गरेको बताए।

उनीहरूका अनुसार फुटसलजस्तो लोकप्रिय खेलमार्फत युवाहरूलाई सक्रिय बनाउने, स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने तथा सहभागीहरूबीच आत्मीय सम्बन्ध विस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

ब्रदर्स एफसी हङकङका अध्यक्ष हरि गुरुङले ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नारालाई आत्मसात् गर्दै आगामी दिनमा पनि यस्ता खेलकुद गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

ब्रदर्स एफसीले खेलकुदसँगै सामाजिक तथा सामुदायिक गतिविधिलाई समेत प्राथमिकता दिँदै आएको जनाएको छ। क्लबले पत्रकार, कलाकार तथा विभिन्न पेशाकर्मीबीच मैत्रीपूर्ण सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित फुटसल प्रतियोगितालाई एक उत्सवका रूपमा अघि बढाएको हो।

प्रतियोगितामार्फत सहभागिहरूबीच आपसी सम्बन्ध सुदृढ हुनुका साथै खेलकुदप्रति सकारात्मक सोच, स्वस्थ प्रतिस्पर्धाको वातावरण र संस्थागत सहकार्य तथा नेटवर्क विस्तार हुने अपेक्षा आयोजकले गरेको थियो।

प्रतियोगिताको आयोजनाका लागि खेलाडीका जर्सी, रेफ्री तथा प्राविधिक टोली, चिकित्सा टोली, पानी तथा ग्लुकोज, ट्रफी, मेडल तथा प्रमाणपत्र, चिया–नास्ता, प्रचारप्रसार तथा फोटो–भिडियो कभरेजलगायतको व्यवस्थापन गरिएको थियो।

ब्रदर्स एफसी दशैं कप २०८३ को मिडिया पार्टनरमा आर्थिक प्लस र अखबार नेपाल रहेका छन्।