काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

‘अझै केही दिन वर्षा हुन्छ’

9.93K
shares

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशका विभिन्न स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालसम्मको न्यून चापीय प्रणाली र स्थानीय वायु गरी तीनवटा संयुक्त मौसमी प्रणालीको प्रभाव रहेको छ ।

उक्त तीन मौसमी प्रणालीको प्रभावले अहिलेको मौसमी गतिविधि भइरहेको महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिइन् । अहिले प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको छ । दिउँसो पनि विशेष गरी प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका कतिपय स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

मौसमी प्रणालीको प्रभाव कायमै रहेकाले अझै एक-दुई दिन वर्षा हुने मौसमविद् बासीले बताइन् । राजधानी काठमाडौँ उपत्यकामा बिहानैदेखि हल्का वर्षा भइरहेको छ । उपत्यकाको आकाश पूर्ण बदली रहेको छ ।