global ime bank Long Banner Ad

गृहपृष्ठ ४५ महिला अधिकारवादी संस्थाले गरे स्थापितलाई कारबाहीको माग

४५ महिला अधिकारवादी संस्थाले गरे स्थापितलाई कारबाहीको माग

४५ महिला अधिकारवादी संस्थाले गरे स्थापितलाई कारबाहीको माग

नेकपा (एमाले)ले काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनाएका केशव स्थापित सर्वाधिक चर्चामा छन् । उनी आफ्नै अभिव्यक्तिका कारण चर्चामा आएका हुन् । उनको अभिव्यक्तिलाई लिएर ४५ वटा महिला अधिकारवादी संघ संगठनले कारबाही गर्न माग गरिसकेका छन् ।

सार्वजनिक कार्यक्रममै स्थापितले प्रश्नकर्ता युवतीलाई आपत्तिजनक निकृष्ट शब्द प्रयोग गरेको उनलाई कारवाही गर्न ती संघसंस्थाले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै कारबाही गर्न माग गरेका हुन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सहभागी भावना राउतको प्रश्नपछि उत्तेजित हुँदै स्थापितले दिएको अभिव्यक्तिलाई ती संघ संगठनले महिलालाई होच्याउने, चरित्र हत्या गर्ने र असंवेदनशील भएको रूपमा टिप्पणी गर्दै आएका छन् ।

स्थापितले कार्यक्रममा भनेका थिए, ‘यु आर नाइस लेडी तर तपाईंको थुतुनो ठीक छैन । यो बहिनीले बेश्यावृत्ति गर्छ भनेर म पनि छपाउँ ? राउतले स्थापित यौन दुर्व्यहारको आरोपमा मुछिएको प्रसंग जोड्दै महिला सुरक्षासँग जोडिएको प्रश्न गरेकी थिइन् । यस्तै, स्थापितसँग एउटै मन्च सेयर नगर्न पनि कतिपय महिला अधिकारकर्मीहरूले कांग्रेसबाट प्रमुख पदकी उम्मेदवार सिर्जना सिंह र विवेकशील साझा पार्टीकी उम्मेदवार समीक्षा बास्कोटालाई सुझाव दिन थालेका छन् ।

विज्ञप्ति :

प्रकाशित समय : १८:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु