गृहपृष्ठ देशभर चट्याङसहित वर्षाको सम्भावना
देशभर चट्याङसहित वर्षाको सम्भावना
देशका धेरैजसाे स्थानमा आज पनि पानी पर्ने सम्भावना रहेको छ । प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानमा र कर्णाली प्रदेश र मधेस प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
प्रकाशित समय : १४:५४ बजे


















