काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

७६ जिल्लाको मतपत्र छापियो, ४३ जिल्लामा ढुवानी

6.76K
shares

६ वटा महानगरपालिका र भक्तपुर जिल्ला बाहेकका सबै जिल्लाको मतपत्रको छपाइ सकिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाई सकिएकाे हाे ।

बाँकी जिल्लाको मतपत्र भने उम्मेदवारले चुनाव चिह्न पाइसकेपछि छाप्ने आयोगले जनाएको छ । कायम रहेका दल तथा स्वतन्त्र उम्मेदवारको मात्रै चुनाव चिह्न राखेर मतपत्र छाप्नका लागि यसो गरिएको आयोगले जनाएको छ । आयोगले छापिएका मतपत्र सम्बन्धित जिल्लामा धमाधम पठाइरहेको छ ।

हालसम्म ४३ जिल्लाका ७५ लाख ७३ हजार मतपत्र ढुवानी भइसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । काठमाडौंबाट लामो दूरीमा रहेका पूर्व र पश्चिमका अधिकांश जिल्लाहरुमा मतपत्र पुगिसकेको र अन्य जिल्लाहरुमा पुग्ने क्रम जारी रहेको पौडेको भनाइ छ ।

मनाङ र मुस्ताङमा भने हेलिकप्टरबाट मतपत्र ढुवानी गरिएको छ ।