काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

राससका अध्यक्ष रानामगरको बिदाइ

338
shares

काठमाडौँ। राष्ट्रिय समाचार समिति (रासस) सञ्चालक समितिका अध्यक्ष उदयबहादुर राना मगरको आज सम्मानसहित बिदाइ गरिएको छ । भद्रकालीस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा राससका महाप्रबन्धक सन्दीप राईले अध्यक्षको जिम्मेवारीमा रहँदा उनले पुर्‍याएको योगदानप्रति आभार व्यक्त गर्दै सम्मान व्यक्त गरे ।

सो अवसरमा छ महिनाको छोटो समयमा राससको अध्यक्षमा रहँदा उनले नेतृत्वदायी र अभिभावकीय भूमिका निर्वाहका साथै संस्थाको संस्थागत एवं नीतिगत सुधारमा योगदान गरेका छन् ।

रासस अध्यक्ष एवं सहसचिव रानामगरले राससको विद्यमान ऐन विसं २०१९ देखि परिवर्तन हुन नसकेको सन्दर्भमा यसै आर्थिक वर्षमा संसद्मा विधेयक पेस हुने सूचीमा रहेको सन्दर्भ उल्लेख गर्दै ‘डिरेल भएको’ राससको मार्गलाई लयमा लैजाने प्रक्रियालाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

महाप्रबन्धक राईले रानामगर अध्यक्ष हुँदा प्राप्त भएको अभिभावकत्व र संस्थागत सुधारमा भए गरेका काम सराहनीय एवं महत्त्वपूर्ण भएको बताउनुभयो । उनले यसबीचमा राससले विभिन्न नीतिगत सुधार गर्न सफल भएको अवगत गराए । सूचना तथा सञ्चार मन्त्रालयको सहसचिव रहँदा गत वैशाख २ गते मन्त्रीस्तरको निर्णयबाट राससको अध्यक्षमा नियुक्त रानामगर नेपाल सरकारको निर्णयअनुसार हालै रक्षा मन्त्रालयमा सरुवा भएको छन् ।

प्रधानसम्पादक उत्तम सिल्वालले चालु आर्थिक वर्षमा राससको बजेट वृद्धिका लागि अध्यक्ष रानामगरले निर्वाह गर्नुभएको भूमिकाप्रति आभार व्यक्त गर्े ।

प्रमुख समाचारदाता एकराज पाठकले प्रभावकारी एवं एतिहासिक काम गर्नलाई लामो समयावधी नचाहिने उदाहरण रानामगरले प्रदर्शन गर्ेको बताउँदै स्थानीय समाचारदाताको पारिश्रमिक वृद्धिलगायत सुधारका कामप्रति उनको प्रशंसा गरे ।

अन्तरराष्ट्रिय सेवा प्रमुख दीलिप अधिकारीले पछिल्लो समयमा आर्थिक र भौतिक तथा तीनिगत क्षेत्रमा राससको प्रगति हुन सकेकामा खुसी व्यक्त गर्े ।

राससका आलेख सेवा प्रमुख एवं सञ्चालक समितिका निवर्तमान सदस्य कृष्ण अधिकारीले संस्थामा वित्तीय अनुशासन कायम गर्नमा भएका प्रयासको चर्चा गर्े।

राससका निमित्त प्रशासन प्रमुख भरत केसीले वर्तमान नेतृत्वको पहलबाट पदपूर्ति प्रक्रिया अघि बढेको, ऐनर कानुन परिमार्जत प्रक्रिया सुरु भएको, सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण सुरु भएको, बागमती प्रदेशको मुख्यालय हेटौँडामा सरकारी भवन राससलाई भोगाधिकार प्राप्त भएको, स्थानीय समाचारदाताको पारिश्रमिक वृद्धि भएको जस्ता सुधारात्मक उदाहरण प्रस्तुत गर्े ।