काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

आठ लघुवित्तको नाफा १ अर्ब २७ करोड, औसतमा साढे १५ प्रतिशतले बढ्यो

14.26K
shares

चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्म वित्तीय विवरण प्रकाशन गरेका आठ लघुवित्त कम्पनीहरुले १ अर्ब २७ करोड ७६ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

हालसम्म फस्ट माइक्रोफाइनान्स, आरएसडीसी लघुवित्त, कालिका लघुवित्त, आशा लघुवित्त, सिभिल लघुवित्त, ग्लोबल आईएमई लघुवित्त, एनआईसी एशिया र आरम्भ चौतारी लघुवित्तले वित्तीय विवरण प्रकाशन गरेका हुन् । वित्तीय विवरण प्रकाशन गरेका लघुवित्तमध्ये समीक्षा अवधिमा एनआईसी एशिया लघुवित्तले सबैभन्दा धेरै ४७ करोड ८४ लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यस्तै २०७८ चैत मसान्तसम्ममा ग्लोबल आईएमई लघुवित्तले २० करोड ४८ लाख २८ हजार, फस्ट माइक्रोफाइनान्स १६ करोड ६१ लाख ३५ हजार, आशा लघुवित्त १२ करोड १४ हजार, कालिका लघुवित्त ११ करोड १८ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यसैगरी आरएसडीसी लघुवित्त ९ करोड ४३ लाख ३६ हजार, सिभिल लघुवित्त ५ करोड २८ लाख १९ हजार र सोमबार नै वित्तीय विवतरण प्रकाशन गरेको आरम्भ चौतारी लघुवित्तले सबैभन्दा कम ४ करोड ९२ लाख २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

चैतसम्म ६ को खुद नाफा बढ्यो, दुईको घट्यो

सोमबारसम्म वित्तीय विवरण प्रकाशन गरेका आठमध्ये चैत मसान्तसम्म ६ वटा लघुवित्तले खुद नाफा बढाएका छन् भने दुई लघुवित्तको घटेको छ । अघिल्लो चैतका तुलनामा चालु आवको यसै अवधिमा आरम्भ चौतारी लघुवित्तको सर्वाधिक ३७ प्रतिशतले नाफा घट्दा ग्लोबल आईएमई लघुवित्तको नाफा पनि ३ प्रतिशत धेरैले घटेको हो ।

उता कालिका लघुवित्तको खुद नाफा सबैभन्दा धेरै ८६ प्रतिशत बढीले वृद्धि भएको छ । अघिल्लो चैतमा ६ करोड खुद नाफा कमाउको यस अघुवित्तले २०७८ चैतसम्म ११ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यस्तै फस्ट माइक्रोफाइनान्सको करिब ७० प्रतिशत, आरएसडीसी लघुवित्त साढे २३ प्रतिशत, आशा लघुवित्तको साढे १२ प्रतिशत, एनआईसी एशिया लघुवित्तको १२ प्रतिशत र सिभिल लघुवित्तको नाफा अघिल्लो आवको तेस्रो त्रैमासको तुलनामा अहिले साढे ९ प्रतिशतले बढेको छ ।

२०७७ चैतको तुलनामा २०७८ चैतमा आठ लघुवित्तको खुद नाफा औषतमा १५.४८ प्रतिशतले बढेको हो । अघिल्लो चैतमा १ अर्ब १० करोड ६३ लाख ५९ हजार रहेको ती लघुवित्तको नाफा चालु आवको यसै अवधिमा बढेर १ अर्ब २७ करोड ७६ लाख ६ हजार रुपैयाँ पुगेको हो ।