गृहपृष्ठ भक्तपुरको स्यानिटरी गोदाममा भीषण आगलागी
भक्तपुरको स्यानिटरी गोदाममा भीषण आगलागी

मध्यपुरथिमि नगरपालिका-५ कमेरोटारमा गए राति भीषण आगोलागी भएको छ । स्थानीय राजन प्रजापतिको ग्रिनवेयर स्यानिटरी गोदाममा भएको आगलागीमा मानवीय क्षति नभए पनि करोडौँको सामान जलेर नष्ट भएको छ ।
मध्यराति जुद्ध बारुणयन्त्र भक्तपुर, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आज बिहान मात्रै आगो नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त थिमिका एसपी हरिनन्दन चौधरीले दमकल र सुरक्षाकर्मीको सहयोगले आगो नियन्त्रणमा लिएको जानकारी दिए ।
गोदामभित्र रहेको अधिकांश केमिकल, मेसिनरी सामानलगायतका सामान जलेर नष्ट भएको जानकारी दिँदै उनले प्रारम्भिक अनुसन्धनमा करिब छ करोड रुपैयाँ बराबरको क्षति भएको बताए । क्षति भएका सामानको विवरण र क्षतिको यथार्थ विवरण भने दिउँसो मात्रै आउने उनले जानकारी दिए ।
प्रकाशित समय : १५:४९ बजे