काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

फेरि सर्‍याे कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

19.47K
shares

स्थानीय तह निर्वाचनमा महानगरपालिका प्रमुख र उपप्रमुखका उम्मेदवार चयनका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक फेरि सकेको छ ।

शनिबार बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो २ बजेलाई सारिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार अहिले पार्टीका शीर्ष नेताहरुबीच बालुवाटारमा अनौपचारिक छलफल भइरहेको छ । शुक्रबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक आज ११ बजेका लागि सारिएको थियो ।

सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीबीच मेयर उपमेयरबारे बालुवाटारमा सहमति गरेर सानेपा जान चाहेपछि बैठक सारिएको बुझिएको छ । सत्ता गठबन्धनको बैठकले ६ महानगरमध्ये ३ कांग्रेसको प्रमुख रहने टुंगो लगाएको छ भने ११ उपमहानगरमध्ये ७ वटामा कांग्रेसले नेतृत्व गर्ने छ ।

पत्र :