गृहपृष्ठ तीन वर्षपछि पहिलोपटक बस्यो राखेपको बैठक
तीन वर्षपछि पहिलोपटक बस्यो राखेपको बैठक
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक बसेको छ । सिंहदरबार स्थित युवा तथा खेलकुद मन्त्रालयमा अहिले बैठक जारी छ । राखेपको बोर्ड बैठक तीन वर्ष देखि बस्न नसकेको अवस्थामा आज पहिलो पटक बैठक बसेको हो ।
राखेप सदस्य सचिव टंकलाल घिसिङको प्रस्तावमा युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले राखेपको बोर्ड बैठक शुक्रबारका लागि बोलाएका थिए । खेलकुद मन्त्री महेश्वर जंग गहतराजको अध्यक्षता बसिरहेको बैठकले नवौं राष्ट्रिय खेलकुद र १९ औं एसियन गेम्सको सहभागीताको विषय गरि मुख्य २ प्रस्तावमा छलफल गरेर निर्णय लिने बताइएको छ ।
राखेपको सदस्य सचिव र बोर्ड सदस्यको विवादका कारण लामो समय देखि बोर्ड बैठक बस्न सकेको थिएन । खेलकुद ऐनले राखेपको बोर्ड बैठक वर्षमा कम्तिमा दुई पटक बस्नुपर्ने व्यवस्था छ । राखेपको बोर्ड बैठकलाई खेलकुद सम्बन्धि नीति, आगामी योजना, बजेट तथा कार्यक्रम तर्जुमा गरि पास गर्ने अख्तियारी पनि खेलकुद ऐनले दिएको छ ।
प्रकाशित समय : १८:३९ बजे



















